धितोपत्र बोर्डको अध्यक्ष पदमा ४ जनाको नाम सर्टलिस्ट, कोको परे ?

धितोपत्र बोर्डको अध्यक्ष पदमा ४ जनाको नाम सर्टलिस्ट, कोको परे ?
Advertisement Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थ मन्त्रालयअन्तर्गत धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७(३) बमोजिम गठित अध्यक्ष छनोट सिफारिस समितिले ४७ जना आवेदकमध्येबाट ४ जनालाई सर्टलिस्ट गरेको हो।

समितिले २०८३ वैशाख १५ गते इच्छुक उम्मेदवारसँग व्यक्तिगत विवरण माग गरेको थियो। निर्धारित समयभित्र प्राप्त ४७ आवेदनको मूल्याङ्कनपछि समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई अन्तिम सर्टलिस्टमा राखेको हो।

सर्टलिस्टमा परेका चारमध्ये दुई जना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् भने दुई जना नेपाल धितोपत्र बोर्डकै पूर्व कार्यकारी निर्देशक हुन्। भट्ट र क्षेत्री राष्ट्र बैंकसँग सम्बन्धित (क्याडर) अधिकारी हुन्।

छनोटमा परेका यी चारै उम्मेदवारसँग २०८३ जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालयमा छलफल हुने तय भएको छ। डा. नवराज अधिकारीसँग दिउँसो १ बजे, विनयदेव आचार्यसँग १:३० बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे र डा. गोपाल प्रसाद भट्टसँग २:३० बजे छलफल हुने समितिले जनाएको छ।

sebon chairperson shortlist announced notice 1779187538267 https://bajarkochirfar.com/4-names-shortlisted-for-the-post-of-chairman-of-the-securities-and-exchange-board-of-nepal-who-made-it | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स