नेपाल धितोपत्र बोर्डको आईपीओ निष्काशनको पाईपलाइनबाट हटाइएका चार कम्पनीले पुनः अनुमति माग्दै आवेदन दिएका छन्। धितोपत्र बोर्डले नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको भन्दै पछिल्लो समय यी कम्पनीहरूलाई पाईपलाइनबाट हटाएको थियो। बोर्डका अनुसार सबै कम्पनीहरूले आफ्नो नेटवर्थ ९० रुपैयाँभन्दा माथि पुयाएर आईपीओ प्रक्रिया अगाडि बढाउन आवेदन पेश गरेका हुन्।
पुनः आवेदन दिने कम्पनीहरूमा एपेक्स हस्पिटालिटी लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, पुवा खोला वान हाइड्रोपावर लिमिटेड र प्रभु हेलिकप्टर रहेका छन्। एपेक्सले २२ लाख ५० हजार कित्ता, बेनीले २० लाख ८० हजार कित्ता, पुवा खोलाले २० लाख ७० हजार कित्ता र प्रभु हेलिकप्टरले ६१ लाख २५ हजार कित्ता शेयर निष्काशनको प्रस्ताव गरेका छन्।




















प्रतिकृया