डोल्पामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिने डोल्पामा कुल ३२८ मेगावाट क्षमताको आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रक्रिया अगाडि बढाएको हो।
विभागका अनुसार डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुने गरी भारबुङ नदी र तातु खोलाको पानी प्रयोग गरिनेछ। जलाशययुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पेस गरिएको छ।
विवरणअनुसार भारबुङ नदीमा ३२५ मेगावाट क्षमताको आयोजना निर्माण गरिनेछ भने तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीमार्फत उपयोग गरी थप ३.१० मेगावाट क्षमताका दुई प्रणालीबाट विद्युत् उत्पादन गरिनेछ।
आयोजनाबाट डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन्। छार्का ताङसोङ गाउँपालिका–४ मा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक संरचना तथा १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण गरिनेछ।
त्यसैगरी छार्का ताङसोङ गाउँपालिका–४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युतगृह तथा पानी निकास नहर निर्माण गरिनेछ। आयोजनाको जलाशयका कारण छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछन्।
आयोजनाका दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट करिब १२ किलोमिटर टाढा रहेको छ। उत्पादित विद्युत् प्रस्तावित दुनै सबस्टेसनमा जोडिनेछ।
भारबुङ जलविद्युत् आयोजनाको कुल लागत एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजार रुपैयाँ रहने अनुमान गरिएको छ। प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ रहेको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया