नेपाल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रूपमा प्रमाणित भएको दाबी गरेका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि अनुकूल गन्तव्य भएको पुष्टि भएको बताए।
अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङको काम सरकारले सुरु गरेको र यो सुरुवात मात्र भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिइने बताए। उनले आवधिक रूपमा अर्थतन्त्रको स्वास्थ्य स्थिति सार्वजनिक गर्दै जाने र लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न थप कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार यस पटकको क्रेडिट रेटिङले नेपाललाई विश्वभरका लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्न सहयोग पुगेको छ। उनले नेपालमा लगानी गर्नेले राम्रो प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँदै अन्तर्राष्ट्रिय निजी क्षेत्रलाई उत्साहपूर्वक नेपालमा लगानी गर्न आग्रह गरे।
पौडेलले नेपालले डबल बी माइनस क्रेडिट रेटिङ प्राप्त गरेको जानकारी दिँदै दक्षिण एशियामा यो एक अनुकूल नतिजा रहेको बताएका छन्। उनले नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने लक्ष्यका साथ कानूनी र संरचनागत सुधारमा ध्यान दिने बताए। साथै, आफूहरू प्राप्त रेटिङबाट मात्र सन्तुष्ट नभई भविष्यमा थप सुधार गर्दै लगानीका लागि अझ अनुकूल परिस्थितिहरू सिर्जना गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्।














![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया