८ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ जनाले दिए आवेदन

८ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ जनाले दिए आवेदन

विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि परेको २१८ आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ।शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गतको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारबाट १० दिनभित्र आवेदन माग गर्दै गत वैशाख २५ गते सूचना प्रकाशित गरेको थियो। प्राप्त आवेदनमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय को उपकुलपति पदका लागि ५० जनाले आवेदन दिएका छन्।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय मा ३८/३८, सुदूरपश्चिम विश्वविद्यालय मा १९, मध्यपश्चिम विश्वविद्यालय मा २०, लुम्बिनी बौद्ध विश्वविद्यालय मा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय मा १५ तथा राजर्षि जनक विश्वविद्यालय का लागि २७ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।समितिले अब आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसपछि छनोट प्रक्रिया अघि बढाइने बताइएको छ।

गत वैशाख २४ गते स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार नयाँ नियुक्ति प्रक्रिया सुरु गरिएको हो। नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशपछि विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स