सिन्धुलीको मरिण गाउँपालिकामा २० अर्ब रुपैयाँको लगानीमा भैंसीको मासु प्रशोधन गर्ने फ्याक्ट्री बन्ने भएको छ। चीनको छेङ्दु जियान फूड लिमिटेड र नेपालकै हिमालयन फूड इन्टरनेशनलको साझेदारीमा बन्ने यो फ्याक्ट्रीमा वार्षिक २ लाख मेट्रिक टन मासु चीन निर्यात गरिनेछ।
कारखानाबाट प्रारम्भमा दैनिक ५ सय मेट्रिक टन मासु उत्पादन गरिनेछ। कुल २७ अर्ब लगानीमा बन्ने यस परियोजनाबाट झण्डै ५ हजार बढीले रोजगारी पाउनेछन्। ७ हजार कामदारका लागि छुट्टै आवास बनाइनेछ। फ्याक्ट्रीका लागि १०० विघा जमिन आवश्यक पर्नेछ, जसमध्ये केही जग्गा खरिद भइसकेको छ। निर्माण कार्य असोजदेखि सुरु हुने तयारी छ। नेपालबाट चीनमा मासु पठाउने औपचारिक सहमति भइसकेको छ र सरकारले यो परियोजनालाई ‘गेम चेन्जर’ को रुपमा हेरेको छ।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया