आजदेखि प्रचलनमा आयो चुच्चे नक्सा भएको १ सय रूपैयाँको नोट

आजदेखि प्रचलनमा आयो चुच्चे नक्सा भएको १ सय रूपैयाँको नोट

नेपाल राष्ट्र बैंकले नयाँ १०० रुपैयाँ दरका नोट आज मंसिर ११ गतेदेखि प्रचलनमा ल्याउने भएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार नोटको आकार र रङ्ग साविककै रहनेछ। क२० ०००००१ देखि घ४० ९९९९९९ सम्मका नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त…’ भन्ने प्रतिज्ञामूलक वाक्यांश समावेश गरिएको छ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, र मध्यभागमा नेपालको चुच्चे नक्सा रहनेछ। २०८१ वैशाख २० मा तत्कालीन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो।

त्यसैगरी, नोटमा अशोक स्तम्भ, ‘Lumbini, The Birthplace of Lord Buddha’ लेखाइ, दृष्टिबिहीनका लागि छामेर चिन्न मिल्ने कालो थोप्ला, र बायाँतर्फ सिल्भर मेटालिकमा मायादेवीको चित्र छ। साथै, २ मिमि चौडाइको रङ बदलिने सुरक्षा धागो (सिधा हेर्दा रातो, ढल्काउँदा हरियो) रहेको छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहनेछ भने तल्लो भागमा सिरिज नम्बर नेपालीमा वि.सं. २०८१ लेखिएको छ। पृष्ठभागमा ऊपर अंग्रेजीमा “Nepal Rastra Bank”, मध्यमा एक सिंगे गैँडाको माउ र बच्चाको चित्र, र तल्लो भागमा “Rupees Hundred” तथा सिरिज नम्बर ‘2024 AD’ अंकित हुनेछ।

यसअघि २०७६ असोज ७ मा १०० रुपैयाँ (सिरिज २०१९) नोट जारी गर्ने सूचना जारी गरिएकोमा उक्त सिरिजका ओ१८ ०००००१ देखि क१९ ०३४५०० सम्मका नोट मात्र चलनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

590829827 855760533510030 3593637841953035401 n https://bajarkochirfar.com/100-rupee-note-with-chukche-map-comes-into-circulation-from-today | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स