हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले साविकका सेयरधनीलाई बोनस सेयर बापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट साविक गुराँस लाइफले १३ दशमलव २७१२७७२ प्रतिशत र साविक यूनियन लाइफले ८ दशलमव ९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साविक गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट २०८० वैशाख २६ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् ।
एकीकृत कारोबारपछि सेयर खरीद गरेका वा आईपीओ बाँडफाँटमा परी हालसम्म सेयर कायम गरेका सेयरधनीको हकमा बोनस शेयरमा लाग्ने कर सेयरधनी आफैँले तिर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले कर तिर्न भनेको हो ।
सम्बन्धित सेयरधनीले कर बापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको पुतलीसडक शाखामा कम्पनीको नाममा रहेको खातामा जम्मा गर्न आग्रह गरिएको छ । सम्बन्धित सेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।














प्रतिकृया