हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २५ गते
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली सेनाले रफाहमा हमास विरुद्ध लक्षित आक्रमण गरिरहेको बताएको छ ।

रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ । इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ ।

एकातिर रफाहमाथि हमला भइरहेको छ भने अर्कोतर्फ इजरायलले हमासको युद्धविराम सम्झौतालाई स्वीकार गर्न अस्वीकार गर्दै सम्झौता बारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ ।

इजरायलले हमासले गरेको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको बताएको छ ।

अर्कोतर्फ हमासले स्वीकार गर्ने प्रस्ताव इजिप्ट र कतारले मध्यस्थता गरेको थियो । यद्यपी यस युद्धविराम प्रस्तावका सर्त र शर्तहरूबारे कुनै जानकारी आएको छैन । यो सम्झौतामा इजरायली बन्दीहरुको रिहाईको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेजबिज शर्ट्स