सरकारको अस्थिर नीतिले सेयर बजारबाट ५ खर्ब स्वाहा: लगानीकर्ता जोगाउन तत्काल ‘स्थिर नीति’ ल्याउन रास्वपा सांसद भुसालको माग!

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
सरकारको अस्थिर नीतिले सेयर बजारबाट ५ खर्ब स्वाहा: लगानीकर्ता जोगाउन तत्काल ‘स्थिर नीति’ ल्याउन रास्वपा सांसद भुसालको माग!
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर भुसालले सेयर बजारमा देखिएको निरन्तर गिरावटप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले नीतिगत अस्थिरताका कारण लगानीकर्तामा त्रास बढेको र बजारप्रतिको विश्वास कमजोर बनेको बताए।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले करिब ७० लाख लगानीकर्ताको चिन्ता संसद्मार्फत सरकारसमक्ष राखेका हुन्। विदेशमा श्रम गरेर बचत गरेका नेपालीदेखि गाउँघरमा दुःख गरेर कमाएको रकम सेयर बजारमा लगानी गर्ने सर्वसाधारण अहिले निराश बनेको उनको भनाइ थियो।

उनले नीतिगत अस्थिरताले ठूला लगानीकर्तासमेत त्रसित भएको र पूँजी पलायनको जोखिम बढिरहेको दाबी गरे।

सांसद भुसालले बितेका १०० दिनमा बजारमा करिब पाँच खर्ब रुपैयाँ बराबरको पूँजी घटेको बताउदै यसले राज्यको राजस्वमा समेत असर परेको बताए। “यो केवल सुक्खा अङ्क होइन, लाखौँ नेपालीका परिवारसँग जोडिएको विषय हो,” उनले भने।

भुसालले बजारमा त्रास फैलाउने होइन, नीतिगत स्थिरतामार्फत लगानीकर्ताको विश्वास फर्काउने वातावरण बनाउन सरकारसँग आग्रह गरे। मेहनत गरेर कमाएको बचत सेयर बजारमा लगानी गरेका नेपालीको सपना जोगाउन सरकारले स्पष्ट र स्थिर नीति अविलम्ब ल्याउनुपर्ने उनको भनाइ थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स