हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न युनाइटेड अजोडको विशेष साधारण सभा भोलि बस्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३० गते
हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न युनाइटेड अजोडको विशेष साधारण सभा भोलि बस्ने
AdvertisementAds

युनाइटेड अजोड इन्सुरेन्सको विशेष साधारण सभा भोलि बस्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १००ः१५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न भोलि बिहीबार सभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा बिहान १०ः३० बजे बस्ने भएको हो ।

विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने  व्यवस्था रहेको छ । धितोपत्र बोर्ड अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढाइनेछ। हाल चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद वितरण पश्चात कम्पनीको  पूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन सक्नेछन।

#BajarkoChirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स