सुनको मुल्य सामान्य अंकले घट्यो, चाँदीको स्थिर

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३ गते
सुनको मुल्य सामान्य अंकले घट्यो, चाँदीको स्थिर

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ६ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स