आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मुल्य हो ।
यस अघि विहिबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया