साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा पनि बोलाएको छ । सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले ८.४२१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभामा आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, सभाले स्वतन्त्र सञ्चालक पनि नियुक्ति गर्नेछ ।
















प्रतिकृया