सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया