माई बेनी जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः सुचारु भएको छ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा इलाम जिल्लामा सञ्चालन गरिएको ९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजना गत असोज १७ गतेदेखि १९ गतेसम्म कोशी प्रदेशसहित देशका अधिकांश भू–भागमा परेको अविरल अति भारी वर्षाका कारण प्रभावित भएको थियो। भारी वर्षासँगै खोलामा आएको अप्रत्याशित बाढीले आयोजनाका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
कम्पनीले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न गरेपछि मिति २०८२ मंसिर १ गते बेलुका ६ बजेर ५० मिनेटदेखि प्लान्ट पुनः सञ्चालनमा आएको छ। यससँगै आयोजनाबाट विद्युत उत्पादन पनि पुनः सुचारु भएको कम्पनीले जानकारी दिएको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया