सामलिङ पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्रीको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले माघ २१ गते यो नियुक्ति गरेको जानकारी सार्वजनिक गरेको छ।
कम्पनीले विक्री प्रबन्धकसँग सम्झौता पत्रमा हस्ताक्षर भइसकेको जानकारी समेत दिएको छ। यस कम्पनीले हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ।
सामलिङ पावरको हकप्रद सेयर निष्काशन प्रस्ताव कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो। विक्री प्रबन्धक नियुक्ति भएपछि अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्ने प्रक्रिया अघि बढाउनेछ।


प्रतिकृया