घाटाबाट नाफामा फर्कियो सामलिङ्ग पावर, प्रतिसेयर आम्दानी १.७६ रुपैयाँ पुग्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २३ गते
घाटाबाट नाफामा फर्कियो सामलिङ्ग पावर, प्रतिसेयर आम्दानी १.७६ रुपैयाँ पुग्यो

सामलिङ्ग पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८८ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ७६ लाख रुपैयाँ घाटामा थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी १०.३०% ले घटेर २२ करोड ५८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो।विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनी नोक्सानीबाट नाफामा उक्लिएको हो।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी  १ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स