साना किसान विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको २ लाख ११ हजार ४ सय ७५ कित्ता सेयर लिलाम संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो।
सेयर खरिदका लागिआज चैत २१ गते देखि बैशाख २५ गतेसम्म आवेदन दिन सकिने छ ।सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ३३० रुपैयाँ रहेको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र बढीमा ४ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।
कम्पनीको सेयर खरिद गर्न एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौं, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोड-झापा, इटहरी-सुनसरी बर्दिबास, महोत्तरी, हेटौंडा- मकवानपुर, गजुरी-धादिङ, पोखरा-कास्की , बुटवल-रुपन्देही, नेपालगञ्ज-बाँके ,वीरेन्द्रनगर-सुर्खेत , लहान-सिराहा ,अत्तरिया-कैलालीबाट आवेदन दिन सकिने छ ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया