राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विश्वासको मत लिएको दुई दिनभित्र सरकारको शृङ्खला देखिन थालेको बताएका छन्। आइतबार संसद बैठकमा बोल्दै रास्वपा सांसदले त्यस्तो बताएका हुन् ।
सांसद भन्छन् ,नयाँ सरकार बन्दै गर्दा यो सरकारको उद्देश्य हामीलाई थाहा थियो । अहिले शृङ्खला देखिन थाल्या छ । पहिलो शृङ्खला सरकार गठनपछि मन्त्रिमण्डल बन्दा नै देखिएको थियो । अनुसन्धानको घेरा वरिपरि रहेकाहरूलाई मन्त्री दिएर पुरस्कृत गरियो । दोस्रो, प्रादेशिक मन्त्री बनाउँदा गुण्डानाइके, अपहरण–फिरौती तथा मानव बेचबिखनमा मुद्दा खेपेकालाई रोजियो।
तेस्रो श्रृंखलामा एक अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी मनोज केसीलाई सरुवा गरियो । उहाँलाई कसरी सरुवा गरियो ? त्यो पनि विश्वासको मत लिएको दुई दिनभित्र । कुन उद्देश्यले यो सरकार बनेको हो भन्ने तर्क हामीले प्रस्तुत गरेका थियौँ । त्यही उद्देश्यका लागि यो गरिएको प्रष्ट भएको छ ।















प्रतिकृया