सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश भने जारी भएको छ ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया