समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भोलि कात्तिक ३० गते बिहान ९ बजे हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको अनुसार एफपीओ बाँडफाँट काठमाडौंको आफ्नै कार्यालय नारायणचौरमा हुने भएको हो।
यसमा ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १४ लाख ७ हजार ३३० जनाको हात खाली हुनेछ ।
कम्पनीले कात्तिक १२ देखि २० गतेसम्म प्रति कित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको लागि ३० प्रतिशत पुँजी संरचना पूरा गर्न एफपीओ जारी गरिएको हो।







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया