समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट कात्तिक ३० गते शुक्रबार बिहान ९ बजे हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको अनुसार एफपीओ बाँडफाँट काठमाडौंको आफ्नै कार्यालय नारायणचौरमा हुने भएको हो।
यसमा ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १४ लाख ७ हजार ३३० जनाको हात खाली हुनेछ ।
कम्पनीले कात्तिक १२ देखि २० गतेसम्म प्रति कित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको लागि ३० प्रतिशत पुँजी संरचना पूरा गर्न एफपीओ जारी गरिएको हो।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया