समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि खुला गरेको थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशनमा आवेदन दिने आज कार्तिक २० गते अन्तिम दिन रहेको छ। यस एफपीओमार्फत समता लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर प्रति कित्ता १ सय रुपैयाँमा बिक्री खुला गरेको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरिएको हो। यस एफपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। साथै, इक्रा नेपालले कम्पनीलाई ‘बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम वित्तीय जोखिमको संकेत गर्दछ। आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिनेछ। लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया