समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज ( कात्तिक १२ गते ) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। यस एफपीओ मार्फत कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर प्रतिकित्ता १ सय रुपैयाँमा जारी गर्न लागेको हो ।
सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार यो एफपीओ जारी गर्न लागिएको हो। लगानीकर्ताले आज (कार्तिक १२) देखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा आवेदन अवधि कात्तिक २६ गतेसम्म लम्ब्याइनेछ।
आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिनेछ। यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। कम्पनीलाई इक्रा नेपालले यसलाई ‘बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम वित्तीय जोखिम संकेत गर्दछ। लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया