इन्भेस्टमेन्ट सर्कलद्वारा सञ्चालित एन्जल इन्भेस्टर नेटवर्क, नेपाल बिजनेस एन्जल्स सर्कलले लगानीकर्ता “प्रवेश रिजाल” र “सबरत एग्रो फार्म प्रा. लि.” बीच लगानी सम्झौता व्यवस्थापन गरेको छ। लगानीकर्ता प्रवेश रिजालले “सबरत एग्रो फार्म प्रा. लि.” २०% इक्विटी हिस्सेदारीको लागि ६० लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। यस साझेदारीले बजारमा ‘इनोभेटिभ ड्रिंक्स’को विकल्पहरू प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गर्ने कम्पनीले जनाएको छ।
सन २०२१ मा स्थापना भएको सबरत एग्रोले इलायची आइस्ड टी पेय, सबरु पीच आइस्ड टी, पीच-आम फ्युजन, र लेमन आइस्ड टी जस्ता स्वादिष्ट पेय पदार्थहरूको उत्पादन तथा वितरण गर्दछ। नव प्रवेश एन्जल लगानीकर्ता प्रवेश रिजाल अनुभवी बैंकर हुन। उनले क्रेडिट मार्केट र क्वेन्टिटेटिभ स्ट्राटेजीमा विशेषज्ञता राखेका छन्। उनले आफ्नो प्रारम्भिक करियरमा अन्तर्राष्ट्रिय बैंक र हेज फन्डहरूको लागि बहु-अर्ब डलर पोर्टफोलियोहरू व्यवस्थापन गरेका थिए। हाल उनी क्रस रिभर बैंकमा परिमाणात्मक रणनीतिहरू विभागको नेतृत्व गर्दछन्, जुन बैंकिङ सेवाको अवधारणा प्रवर्द्धन गर्ने र निजी उपभोक्ता क्रेडिटको क्षेत्रमा अग्रणी वित्तीय संस्था हो।
सबरत एग्रोलाई समर्थन गर्न पाउँदा उत्साहित भएको बताउँदै लगानीकर्ता रिजालले भने “यो लगानीले केवल वित्तीय प्रतिबद्धतालाई मात्र प्रतिनिधित्व गर्दैन तर आजको बजारमा फस्टाउन सक्ने नेपाली स्टार्टअप विचारहरूको पोषण गर्ने मेरो विश्वाससँग पनि मेल खान्छ।”
सबरत एग्रो ‘वि–ज्ञान व्यवसाय एक्सेलेरेटर’ को साझेदार हो। जुन क्लक ब बिजनेस इनोवेशनद्वारा सञ्चालित छ। एक्सेलेरेटर कार्यक्रमको रूपमा, उनीहरूले इन्भेस्टमेन्ट सर्कलद्वारा आयोजना गरिएको ‘पिच डेट विथ एन्जल्स’ मा लगानी प्रस्तुति दिएका थिए। “इन्भेस्टमेन्ट सर्कल स्टार्टअपहरुको लागी सहयोगी प्लेटफर्म हो जसले विगत ५ वर्षदेखि स्टार्टअपहरूलाई इन्भेस्टमेन्ट संकलन गर्न सहयोग गर्दै आइरहेको छ।
उद्यमशीलतामा रुचि राख्ने व्यक्तिहरूलाई एकत्रित गरेर, इन्भेस्टमेन्ट सर्कलले प्रभावकारी परियोजनाहरू, स्टार्टअपहरू र प्रभावकारि लगानीहरूको लागि वातावरणलाई प्रवर्द्धन गर्दै आएको इन्भेस्टमेन्ट सर्कलका प्रबन्ध साझेदार विनय देवकोटाले बताए। उनले भने, “सबरत एग्रोले यो यात्रा सुरु गर्दैगर्दा, थप स्टार्टअपहरू र उद्यमीहरूलाई इन्भेस्टमेन्ट सर्कलले आवश्यक लगानी सुनिश्चित गर्न र तिनीहरूको वृद्धिलाई तीव्र बनाउन, सही लगानीकर्ताहरूसँग जडान गरेर समर्थन गर्न प्रतिबद्ध रहनेछ।”


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया