दुई कम्पनीले ७ लाख २५ हजार ८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छन्। सांग्रिला डेभलपमेन्ट बैंकको ७ हजार ६४२ कित्ता र कुमारी बैंकको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।सांग्रिला डेभलपमेन्ट बैंकको सेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा र कुमारी बैंकको सेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौं वा सेयर रजिष्ट्रारको कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी सेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
#BajarkoChirfar








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया