शेखर–गगन समूहले ४ मन्त्री माग्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३० गते
शेखर–गगन समूहले ४ मन्त्री माग्ने
AdvertisementAds

नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापाको समूहले चार मन्त्री माग गर्ने भएका छ। आईतबार बिहान डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा समूहका नेताहरुको बैठकमा उनीहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले १० मन्त्री पाएको खण्डमा आफूहरुले ४ मन्त्रीमा उनीहरूले दाबी गर्ने निर्णय गरेका हुन्। 

आफ्नो समूहबाट पठाउने मन्त्री चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।बैठकमा शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स