व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १७ गते
व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय सञ्चालनका लागि घुम्ती कोष परिचालन गर्न लागेको हो ।

निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कोष सञ्चालनमा ल्याइने छ । सुरुमा आयोगले रु दुई करोड उपलब्ध गराउने छ भने क्रमशः बजेट थप गर्दै लगिने छ । यसका लागि स्नातक वा सोभन्दा माथि पढ्दै गरेका विद्यार्थी, प्राध्यापक र प्राविधिक कर्मचारीको समूह बन्ने छ । सो समूहलाई प्रस्तावका आधारमा रु २० देखि ४० लाख रकम तीन वर्षका लागि बिना ब्याजमा उपलब्ध गराइने छ ।

निर्देशनालयले अगामी साउनको अन्तिमसम्ममा प्रस्ताव माग्ने तयारी गरेको छ । सुरुमा चार/पाँच वटा प्रस्ताव मागेर कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । समूह छनोट भएसँगै उनीहरुलाई तालिम दिएर काम अघि बढाइने छ । समूहहरुले रकम फिर्ता गर्न थालेपछि सो रकम र अरु थप रकम गरी समूहको सङ्ख्या थपिँदै लगिने छ ।

कृषि, पशु, भेटेनरी, माछालगायतको उत्पादन र बजारीकरण सम्बन्धी प्रस्ताव आह्वान गरिने छ । बीउ उत्पादन, बिरुवा उत्पादन, कीरा मार्न उत्पादन हुने कीरा, हाइटेक नर्सरीजस्ता परियोजनामा लगानी गरिँदै छ । विश्वविद्यालय स्थापना हुँदै गर्दा पठनपाठनसँगै अनुसन्धान र प्रसारको काम समेत गर्ने उल्लेख भएकाले सोही अनुरुप यो कार्यक्रम अघि बढाइएको कट्टेलले जानकारी दिए। विद्यार्थीलाई व्यावसायिक रुपमा अघि बढ्न र विदेश जानबाट रोक्न यो परियोजना प्रभावकारी हुने देखिएको छ । पन्ध्र वर्षअघि स्थापना भएको यस विश्वविद्यालयमा चार हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स