लाभांश पारित गर्न प्रभु महालक्ष्मीले बोलायो वार्षिक साधारण सभा, बुकक्लोज मिति कहिले?

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १ गते
लाभांश पारित गर्न प्रभु महालक्ष्मीले बोलायो वार्षिक साधारण सभा, बुकक्लोज मिति कहिले?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारितका लागि सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले आव २०७९/८० सम्मको सञ्चिति मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले हकप्रद सेयर संशोधन गरी बोनस सेयर वितरणपश्चात कायम चुक्तापूँजीको ७ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।जस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले  मात्र  कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स