लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत, खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिने
- बैंकले २०८० पुस २६ गते बिहीबार सम्पन्न वार्षिक साधारण सभामा ७ प्रतिशत बोनस शेयर सूचीकृत र ०.३७ (शून्य दशमलव ३७ प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि पारित गरेको थियो ।
लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । स्टक एक्सचेञ्जका अनुसार लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस वितरण गरेको थियो ।
मंगलबार सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् । बैंकले २०८० पुस २६ गते बिहीबार सम्पन्न वार्षिक साधारण सभामा ७ प्रतिशत बोनस यर सूचीकृत र ०.३७ (शून्य दशमलव ३७ प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि पारित गरेको थियो ।