instainsta

रौतहटमा नक्कली प्रहरी पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २४ गते
रौतहटमा नक्कली प्रहरी पक्राउ
AdvertisementAds

सादापोशाक अर्थात घुमुवा प्रहरीको करामातले बदनाम रौतहटको चन्दरनिगाहपुरमा एकजना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा स्थानिय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ बर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । उनलाई सार्वजनिक मुद्धा अन्तर्गत अभद्र ब्यवहार मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन ।

गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा वसुल गर्ने योजनामा रहेको भनी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको थियो । सूचना लगत्तै प्रहरी टोलीले आरोपी रमेश साहलाई नियन्त्रणमा लिएर उसले बोकेको झोला चेकजाँच गर्दा सशस्त्र प्रहरीको एकथान तयारी पोसाक समेत बरामद भएको थियो ।

हाल आरोपी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स