रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा आगामी भदौ २० गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।
उक्त सभामा पीईभीसी (भेन्चर क्यापिटल) तथासामूहिक लगानी कोषको संस्थापक सेयरमा लगानी गर्ने, बुक समेतको कार्य गर्ने व्यबस्था थप गरि संस्थाको प्रबन्धपत्र संसोधन गर्ने लगायतका बिशेष प्रस्ताब पारित गर्ने छ ।
साथै, सभाले रिलायन्स फाइनान्स तथा अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ती तथा विलय गर्न उपयुक्त देखिएमा मर्जर, प्राप्ति वा विलय गर्न, नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।
साधारण सभा प्रयोजनको लागि भदौ ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार ६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन पाउने छन् योग्य हुनेछन।



















प्रतिकृया