युनिलिभर नेपालले बढायो अधिकृत पूँजी, २ अर्ब १४ करोड पुग्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १५ गते
युनिलिभर नेपालले बढायो अधिकृत पूँजी, २ अर्ब १४ करोड पुग्यो

युनिलिभर नेपाल लिमिटेडले अधिकृत पूँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान सेयरहरुमा विभाजित गरेको छ । उक्त सेयरहरु प्रिफरेन्स वा साधारण सेयरहरुमा सर्त वा उपबन्धनसहित वा रहित विभिन्न किसिमका सेयरहरुमा विभाजन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालयले अधिकृत पूँजी वृद्धि गर्ने प्रस्तावलाई स्वीकृती प्रदान गरेको युनिलिभर नेपालले जनाएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स