सेयर बजारका सक्रिय लगानीकर्ता तथा बजार अभियन्ता तिलक कोइरालाले पूँजी बजार गम्भीर संकटमा पुगेको दाबी गर्दै आज बिहान ९ बजे नेपाल धितोपत्र बोर्ड र ब्रोकर एसोसिएसनमा तालाबन्दी गर्ने घोषणा गरेका छन्। कोइरालाका अनुसार, आज बिहान ८:३० बजे ब्रोकर एसोसिएसन र ९ बजे नेपाल धितोपत्र बोर्ड पुगेर आन्दोलन सुरु हुनेछ।
सोमबार फेसबुक लाइभमा उनले अहिलेको बजार अवस्था सुधार गर्न सरकारले तत्काल “क्यापिटल मार्केट रेस्क्यु प्लान” ल्याउनुपर्ने माग गरेका छन्। यस्तो योजना नआए बजार ‘फ्री फल’ मा जान सक्ने र त्यसको असर लगानीकर्ता, ब्रोकर, बैंक तथा समग्र अर्थतन्त्रमा पर्ने उनको चेतावनी छ।
कोइरालाले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल धितोपत्र बोर्डका अध्यक्षले लगानीकर्ताको मागप्रति गम्भीरता नदेखाएको आरोप लगाए। आफूले अर्थमन्त्रीलाई २४ बुँदे सुधार प्रस्ताव दिएको तर त्यसअनुसार कुनै काम नभएको उनको दाबी छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया