नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आजका लागि घोषणा गरिएको तालाबन्दी कार्यक्रम स्थगित गरिएको छ।
आन्दोलनका आह्वानकर्ता तिलक कोइरालाले सेबोनका अध्यक्षसँग भएको संवादपछि बोर्डले आजै ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ सार्वजनिक गर्ने सहमति भएको दाबी गरेका छन्। सोही सहमतिका आधारमा तालाबन्दी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको उनको भनाइ छ।
कोइरालाका अनुसार बोर्डले सार्वजनिक गर्ने योजनाको अध्ययन र छलफलपछि आन्दोलनको आगामी रणनीति तय गरिनेछ।
यद्यपि, उनले बोर्डले आज योजना सार्वजनिक नगरे, सार्वजनिक गर्न ढिलाइ गरे वा लगानीकर्तालाई झुक्याउने प्रयास गरे आज बेलुका ७ बजे आन्दोलनको अर्को चरण घोषणा गरिने चेतावनी दिएका छन्। त्यस्तो अवस्था आए भोलिदेखि देशभरका ब्रोकर कार्यालय बन्द गराउने कार्यक्रमसमेत अघि बढाइने उनले बताएका छन्।

प्रतिकृया