युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४० हजार ५६५ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी सेयर विक्रीमा ल्याएको हो ।
सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय,कोहलपुर, बाँकेमा आफूले खरीद गर्ने कित्ता र मूल्यसमेत खुलाई आवेदन पेस गर्नुपर्ने जानकारी कम्पनीले जनाएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।


















प्रतिकृया