साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप्ने प्रक्रिया अघि बढ्दैछ। सीआईबीले आवश्यक कागजात र प्रक्रियाका कारण मंगलवार म्याद थपका लागि अदालत लैजान समय अपुग भएको जनाएको थियो।
पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा पेश गर्नुपर्ने कानूनी प्रावधानअनुसार प्रहरीसँग अझै समय बाँकी छ।
प्रसाईँलाई भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरी सीआईबीको कार्यालय पुर्याएर मेडिकल परीक्षण गरिएको थियो। उनीमाथि साइबर अपराध, कीर्ते, र मानहानी सम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको छ।
प्रसाईँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा करोडौं रहेको दाबी गर्दै ‘फेक डकुमेन्ट’सहित अफवाह फैलाएको आरोप छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया