भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ १४ गते शुक्रबार नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दिन दिउँसो ३ बजेदेखि भर्च्युअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो । सभाले प्रारम्भिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने र त्यसका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आवको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।







![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-768x432.jpg)







![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)




प्रतिकृया