SHAREHUBSHAREHUB

भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउने आशंकामा प्रहरीले नेपाललाई पक्राउ गर्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
AdvertisementAds
भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउने आशंकामा प्रहरीले नेपाललाई पक्राउ गर्यो
AdvertisementAds

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीको नेपाल भ्रमणको क्रममा कालो झण्डा देखाउने आशंकामा नियन्त्रणमा लिइएको हो। नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै द्विवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिनको विरोध जनाएका थिए।

प्रहरीका अनुसार, नेपाललाई शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा शान्तिनगरबाट नियन्त्रणमा लिइएको हो। नेपालले भने, “मैले कालो झण्डा देखाउने कुनै तयारी गरेको थिइनँ” भन्ने प्रतिक्रिया दिएका छन्।

नेपाल भारतीय सेनाध्यक्षका औपचारिक भ्रमणहरूमा विरोध जनाउने एकजना प्रमुख अभियन्ता हुन्, र यसअघि पनि यस्ता विरोध प्रदर्शनमा उनी पटकपटक पक्राउ परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स