भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो ।
ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको भारतीय मिडियाहरुले प्रहरीलाई उदृत गर्दै उल्लेख गरेका छन् । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेसवेमा पल्टिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन् ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया