भाटभटेनी सुपरमार्केटले चितवनको टाँडीमा आफ्नो २९औं शाखा खोल्ने निर्णय भएको छ। पोखराको तालचोकमा २८ औं शाखा शिलान्यास र भूमिपूजा सम्पन्न गरेको तेस्रो दिनमै बुधबार चितवनको रत्ननगरमा भाटभटेनीको २९ औं शाखा शिलान्यास र भूमिपूजा सम्पन्न भएको हो । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले यस नयाँ शाखाको शिलान्यास र भूमिपूजा सम्पन्न गरेका छन्।
चितवनमा भाटभटेनीको यो शाखा दोस्रो शाखा हुनेछ । यसअघि भरतपुरमा भाटभटेनीको चितवनमा भाटभटेनीको सञ्चालनमा रहेको छ । यस नयाँ शाखामा २ अर्ब रुपैयाँको लागतमा ३ लाख ३२ हजार स्क्वायर फिट क्षेत्रफलमा ७ तले भवन निर्माण गरिनेछ। जसमा चलचित्र हल, फुड कोर्ट, र प्ले ग्राउन्ड जस्ता सुविधाहरू उपलब्ध हुनेछन्।
सुपरमार्केटले स्थानीय ५०० जनालाई रोजगार दिने र चितवनमा भाटभटेनीको यो दोस्रो शाखा हुनेछ। हाल, भरतपुर बजारमा भाटभटेनीको एक शाखा सञ्चालनमा छ।
भाटभटेनीले हाल काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुर, र वीरगञ्जमा लगायत सहरमा सञ्चालनमा छ ।
















प्रतिकृया