नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीका लगाउनका लागि उत्तम साइत रहेको छ।
पश्चिम मोहडा गरेर टीका लगाउन समितिले सुझाव दिएको छ। यस वर्ष भाइटीकाकै दिन देशका विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ। आइतबार विशेषगरी कोशी प्रदेशका जिल्लामा, र सोमबार मधेश, बागमती, र गण्डकी प्रदेशमा वर्षा हुने देखिएको छ।
यसैदिन नेवार समुदायले मनाउने किजापूजा पनि गर्नुपर्ने जनाइएको छ।
तिहारको समय तालिका
कात्तिक १३ गते, मंगलबार: यमपञ्चक सुरु
कात्तिक १४ गते: काग तिहार
कात्तिक १५ गते: कुकर तिहार र लक्ष्मीपूजा (साँझ)
कात्तिक १६ गते: औंशी
कात्तिक १७ गते, शनिबार: गाई र गोरु तिहार
कात्तिक १८ गते, आइतबार: भाइटीका


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया