बैंकिङ प्रणालीमा पैसा बढी भएपछि, आज फेरि राष्ट्र बैंकले ५० अर्ब झिक्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २ गते
बैंकिङ प्रणालीमा पैसा बढी भएपछि, आज फेरि राष्ट्र बैंकले ५० अर्ब झिक्दै

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी मंसिर २३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा प्रभाव हुन नसक्दा पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या देखिएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स