बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ।
प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन ।
वास्तवमा गत ५ अगस्तमा प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरु अझै काममा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ । धेरैजसो प्रहरी चौकीहरु रित्तो भएका छन्, त्यहाँ प्रहरीहरु छैनन । न त सडकमा ट्राफिक नै रहेका छन ।
एटीएम बुथसम्म नगद पुर्याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटिएममा नगद नभएको बैंकरहरुले बताएका छन् । यसअघि गत अगस्त ७ मा केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो ।
हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन् । नयाँ सरकारले पनि अझै सुरक्षा ब्यवस्थालाइ नियन्त्रणमा लिइसकेकाे अवस्था छैन् ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया