फाइनान्स कम्पनीहरुको प्रति सेयर आम्दानी कुनको कस्तो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १० गते
फाइनान्स कम्पनीहरुको प्रति सेयर आम्दानी कुनको कस्तो?

नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको चौंथो त्रैमासिक सम्मको वित्तीय विवरण सार्वजानिक गरिसकेका छन। फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था राम्रो नदेखिएपनि पछिल्लो  समयमा लगानीकर्ताको आकर्षणको समूह बनेको छ।साथै, फाइनान्स समूहका कम्पनीहरूको मुल्य पनि व्यापक रूपमा बढेको थिए। यस समुहका वित्तीय विवरण अनुसार कतिपय कम्पनीहरूको प्रति सेयर आम्दानी कम र ऋणात्मक भएपनि पछिल्लो दिनमा सोही कम्पनीहरूको मूल्य आकासिएको थियो।

गत वर्षको असार मसान्तसम्ममा सबैभन्दा बढी प्रति सेयर आम्दानी मञ्जुश्री फाइनान्सको १९.६७ रुपैयाँ रहेको छ । यसैगरी, गुडविल फाइनान्स र गुर्खाज फाइनान्सलाई क्रमश: १५.६९ र १२.५५ प्रति सेयर आम्दानी छ । राम्रो प्रति सेयर आम्दानी भएका कम्पनीहरुमा लगानी गर्दा  जोखिम कम रहने अनुमान गर्न सकिन्छ।

अन्य फाइनान्स कम्पनीहरुको प्रति सेयर आम्दानी पनि सकारात्मक देखिएको छन, जस्तै आईसीएफसी फाइनान्सको प्रति सेयर आम्दानी १० रुपैयाँ ३ पैसा रहेको छ भने श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको प्रति सेयर आम्दानी ६ रुपैयाँ ८१ पैसा रहेको छ। तर, गत वर्षको वित्तीय विवरण अनुसार केही कम्पनीहरुको प्रति सेयर आम्दानी ऋणात्मक रहेको छ , जसमा जानकी फाइनान्सले -१९ रुपैयाँ ८६ पैसा प्रतिसेयर आम्दानी सहित सबैभन्दा खराब प्रदर्शन गरेको छ। त्यस्तै, समृद्धि फाइनान्स र पोखरा फाइनान्सको पनि प्रति सेयर आम्दानी क्रमश: -११ रुपैयाँ ५७ पैसा र -९ रुपैयाँ ८३ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स