प्रभु सेलेक्ट र स्मार्ट फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १३ गते
प्रभु सेलेक्ट र स्मार्ट फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रभु क्यापिटलद्वारा व्यवस्थापित दुई म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज (आइतबार, असोज १३) अन्तिम दिन हो।

दुवै फन्डले नगद लाभांश वितरणका लागि सोमबार, असोज १४ मा बुक क्लोज गर्दैछन्।

आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीहरूले मात्र यो लाभांश पाउनेछन्।

गत वर्षको नाफाबाट प्रभु सेलेक्ट फन्डले इकाइधनीहरूलाई करसहित १० प्रतिशत नगद लाभांश, र प्रभु स्मार्ट फन्डले करसहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स