प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश र संशोधित हकप्रद सेयर प्रस्ताव गरेको छ। कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसअघि घोषणा गरिएको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरिएको छ। ५ अर्ब चुक्ता पुँजी पुर्याउन १० प्रतिशत बोनस सेयर पछि ७ प्रतिशत हकप्रद सेयर पर्याप्त हुने भएपछि यस्तो संशोधन गरिएको हो। बीमा प्राधिकरणको स्वीकृति पाएपछि यो प्रस्ताव कम्पनीको आगामी साधारण सभामा प्रस्तुत हुनेछ।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया