प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको छ । आइपीओ निष्कासनका लागि प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सोमबार सम्झौता सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा प्रभु केवलकारका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता भएसँगै प्रभु केवलकारले ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढेको छ ।
प्रभु केवलकारको लगानीमा ३ वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा रहेको सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आइसकेको छ । त्यस्तै, यस प्रभु केवलकारको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ ।












![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया