सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक सेयरधनी मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको थियो । संस्थापक सेयरधनीबाट आवेदन नआए पश्चात प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ कायम गरी पुनः बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।



















प्रतिकृया